३९ औं साक्षरता दिवस मनाउँदै बागेश्वरी


भदौ 22;रसुवा भोर्ले: ३९ औं अन्तरास्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७५ को अवसरमा बागेश्वरी मा.वि. भोर्लेको आयोजनामा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सो बिद्यालयका बि.ब्य.स. अध्यक्ष श्री बुद्धिमान ग्लान, सदस्य बिष्नुमाया गुरुङ लगायत नौ कुण्ड गाउँपालिका वडा नं. ५ का वडा सदस्य श्री गोपिनी परियारको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम भव्य र सभ्य तरिकाबाट सम्पन्न भएको थियो । "मानव बेचबिखन तथा ओसारपसर विरुद्धको अभियानमा बिद्यार्थीको भुमिका" भन्ने शिर्षकमा भएको बकतृत्वकला प्रतियोगिता रास्ट्रीय गान गाएर राष्ट्रप्रती सम्मान भाव ब्यक्त गर्दै सुरु भएको उक्त कार्यक्रममा २० जना सहभागि बिध्यार्थीहरुले आफ्ना सान्दार्विक भनाईहरु पालैपालो प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हसिल गर्न सफल बिध्यार्थी भाइबहिनीहरुलाई बिद्यालयका सह प्रधानाध्यापक श्री बलबहदुर गुरुङ तथा उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरि बधाई तथा शुभकामना दिनुभएको थियो ।
   शिक्षा दिवसकै अबसर पारेर बिद्यालयमा रहेका अति गरिब तथा जेहन्दार ५ जना बिध्यार्थिहरुलाई एकजोर बिद्यालय पोसाक तथा स्टेसनरी सामग्री बितरन गरिएको थियो । यस सहयोग कर्यक्रमबाट लाभान्वित बिध्यार्थिहरुमा प्रवेश गुरुङ कक्षा २ (अनुपस्थित), सुनिमाया ग्लान कक्षा२, सिर्जना ग्लान कक्षा ५, अस्मिता गङ्दान कक्षा ४ र अन्जली गोले कक्षा ३ रहेका छन । बिध्यालय पोसाक तथा स्टेसनरी सामग्रीहरु श्री जोन श्रेष्ठ र समीर श्रेष्ठ लगायतका सहयोगी टिमहरुरे यसै बिध्यालयका शिक्षक श्री उत्तम बहदुर तमाङ मार्फत बिध्यालयलाई उपलब्ध गराउनुभएको थियो । सामग्री बितरन गर्नुहुँदै सहयोग गर्नुहुने सहयोगी ब्यक्ति द्वयलाई बि.ब्य.स. अध्यक्ष तथा स.प्र.अ.ले धन्यबात ज्ञापन गर्नुभयको थियो । समय र परिस्थितिबस उक्त कार्यक्रममा सहयोगी दाताहरुको भौतिक उपस्थिती नरहेता पनि भावनात्मक उअस्थिती रहेको सहप्राधानाध्यापक गुरुङ्ले बताउनु भएको थियो । सहयोग कार्यक्रमको बारेमा बोल्दै बागेश्वरी मा.बि. का शिक्षक उत्तम बहदुर तमाङ्ले: यो सहयोग निरन्तर पाइरहने कुरा बताउनु भयो । सहयोगका कुरामा उक्त बिध्यार्थिहरुलाई SEE सम्म सहयोग गर्ने कुरा सहयोगी साथी श्रेष्ठसँग भएको तमाङले बताउनु भयो । 
Share this article :