कोरोना भाइरस र मानसिक समस्या

कोरोना भाइरस र मानसिक समस्या

कोरोना भाइरस र मानसिक समस्या

कोभिड–१९ को कारण सरकारले गरेको लामो समयको बन्दाबन्दीले गर्दा जनमानसमा विभिन्न किसीमका समस्याहरु देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण भन्दा पनि घर तथा कोठामा बसिरहदा उत्पन्न हुने सामाजिक, मानसिक तथा भावनात्मक सम्वेदनाका कारण मानिसहरु समस्यमा पर्न थालेको देखिन्छ । दिनभर ज्यालादार काम गरी खाना वस्नको लागि जोहो गर्ने समुदायहरु बढी मारमा परेको पाइएको छ । लामो समयको बन्दाबन्दीले गर्दा घरबाहिर निस्कन पाएका छैनन् । दैनिक ज्यालामा काम गर्न जान नपाउँदा आर्थिक संकट पर्न थालेको छ । जसको कारण परिवार चलाउन गाह्रो भएको हुदा मानसिक तनाबमा परेका छन् । घर जाउँ घरजान दिइएको छैन काम गर्न जाउँ भने पनि पाइदैन । कसैको बैंकमा पैसा छ झिक्न जान पाएको छैन कतै बैंक नै खुलेको छैन । आफ्नो धन हुदा हुदै पनि समस्य पर्दा प्रयोग गर्न नपाउँदाको पिडा जस्तो विडम्बना अरु के होला? “पुस्तकस्य तया विद्या परहस्त गतम् धनम् कार्यकाले समुत्पन्ने, न त विद्या न त धनम्” भने झै भएको छ आज कोभिड–१९ को कारण ।


नयाँ शैक्षिक सत्र सुरु भएको पनि महिनौ विति सक्न लागिसक्यो विद्यालय खुल्ने कुनै अत्तो पत्तो छैन । नयाँ कक्षामा पास भएर गएको जोस, जागर र उत्साहा पनि त्यसै सेलाएर गइसक्यो अझै विद्यालय जान पाएको छैन । नयाँ वर्ष २०७७ मा म यसो गर्छु उसो गर्छु भनेर बनाएका योजनाहरु पनि कार्यन्वयन हुन नपाउँदै तुहिएर गइसकेको छ तुहाउन परेको छ यो भन्दा विडम्बना अरु के हुन सक्छ? मानिसहरु काम नगरी नै थाकिसकेका छन् ।


यि यावद कारणहरुले गर्दा मानिसहरु चिन्तित भएकाछन् मानसिक समस्यमा परेका छन् । कहिलेकाहीं चिन्ता लाग्नु, डर लाग्नु, खान मन नलाग्नु, निद्रा नलाग्नु सामन्य हो स्वभाविक हो तर बारम्बार चिन्ता लाग्नु, डर लाग्नु खाना मन नलाग्नु, निद्रमा समस्या, कसैसँग बोल्न मन नलाग्नु, मनमा बारम्बार विभिन्न कुराहरु खेलिरहनु, सामान्य कुरामा पनि रिस उठ्नु, मर्न मन लाग्नु, बारम्बार निद्रामा चिच्याउनु आदि लक्षणहरु देखा पर्नु भनेको मानसिक समस्यका लक्षणहरु हुन । यो लेख पढ्दै गर्दा माथि लेखिएका लक्षणहरु कसैसँग मेल खान सक्छ तर मेल खायो भन्दैमा आतिहल्नु पर्ने कुनै कारण छैन । मैले भनिसके कहिलेकाहि हो की बारम्बार ति लक्षणहरु देखिएको छ । कहिलेकाहीं हो भने सामान्य हो स्वभाविक नै हो तर बारम्बार देखिएको छ भने अव सोच्नु पर्ने बेला भएको छ । फेरि ति लक्षणहरु ममा छ की छैन भनेर खोज्नु भयो वा गम्भिर भएर सोच्न थाल्नु भयो भने त्यसैले तपाईंलाई मानसिक समस्यामा धकेल्न सक्छ । त्यसकारण लक्षण खोज्न तिर नलाग्नुस् जे हुन्छ त्यसलाई Lets go गर्नुस र आफ्नो सामान्य अवस्थामै फर्कनुहोस् भन्न चाहन्छु ।


लकडाउनको विसम परिस्थितीमा आफुलाई समायोजन गर्न नसक्दा वा नजान्दा मानिसहरु मानसिक समस्याबाट ग्रस्त भएको र अन्तमा आत्महत्या गर्ने गरेको समचारहरु आउन थालेको छ । गरिविका कारण होस या आफ्नो भएको धनसम्पति प्रयोग गर्न नपाएर होस् मानिसहरु आतिएका छन् मानसिक समस्याको भुमरिमा परेका छन् । तसर्थ जसरी हुन्छ मानसिक समस्याबाट मुक्त हुनुस् । सामान्य मानसिक समस्या भएको अवस्थामै त्यसको निराकरण गर्नुहोस् र जटिल मासिक समस्याबाट बच्नुहोस् ।


:->>मानसिक समस्याबाट बच्ने सामान्य उपाय:-

१. लकडानउनलाई समस्या होइन अवसरको रुपमा लिनुहोस् ।
२. चिन्ता, डर, पिरलाई Lets go गर्नुहोस् र मनमा सकारात्मक सोच विकास गनुहोस्
३. आफ्नो घरपरिवारसँग बस्नुहोस र कुराकानी गर्नुहोस् ।
४. एकले अर्कालाई सहयोग गर्नुहोस र मनका कुराहरु साटासाट गर्नुहोस् ।
५. सबैलाई आफ्नो कुरा राख्ने अवसर मिलाइदिनुहोस् र राम्रो स्रोता भएर सुनिदिनुहोस् ।
६. आफ्नो परिवारसाँग बढिभन्दाबढि समय बिताउनुहोस् ।
७. आफुलाई कुनै न कुनै कार्यमा व्यस्त राख्नुहोस् ।
८. योग, ध्यान र प्राणयमहरु गर्नुहोस् ।
९. आफ्नो कला, सिप, कुनै सिर्जना छ भने इन्टरनेटको प्रयोग गरी विश्वभर फैलाउनुहोस् ।
धन्यबाद ।।


@ उत्तम बहादुर तामाङ ।

Share this article :