श्री ग्रामिण कृषि सहकारी संस्था लि. जिबजिबेले आफ्ना वचतकर्ताहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

         बचतकर्ताले ३ महिनाको लागि ऋण लिन चाहेमा १२ प्रतिशत, ६ महिनाको लागि भएमा १४ प्रतिशत, ९ महिनाको लागि १५ प्रतिशत र एक वर्षका लागि ऋण लिएमा १६ प्रतिशत व्याजदरमा ऋण लगानी गर्दै आइरहेको । 
         भदौ १६, सर्स्यु । श्री ग्रामिण कृषि सहकारी संस्था लि. जिबजिबेले आफ्ना वचतकर्ताहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको उद्देश्य, बचत तथा ऋण सहकारी र मनि ट्रान्स्फरका विषयमा जानकारीमुलक तथा जनचेतनामुलक अन्तरकृया कार्यक्रम नौकुण्ड–६, सर्स्युमा सञ्चालन भएको थिायो । उक्त कार्यक्रममा संस्थाको दैनिक बचतकर्ताहरुको बाक्लो उपस्थिती रहनुका साथै संस्थाको तर्फबाट सञ्चालन समिति तथा ऋण समितिका अधिकृत, समिति सदस्य, कार्यलय व्यवस्थापक तथा सम्बन्धित क्षेत्रका बजार व्यवस्थापकको उपस्थित रहेको थियो । कार्यक्रमा बोल्नुहुदै सञ्चालन समिति तथा ऋण समितिका अधिकृत श्री कृष्ण बहादुर तामाङले ग्रामिण कृषि सहकारी संस्थाको उद्देश्य प्रष्ट पार्नुभएको थियो । 
      यस सहकारी संस्था सुरुमा वि.सं. २०७१ मा साविकको धैबुङ ८ मा स्थापना भई सञ्चालनमा रहेको सहकारी संस्था अहिले यसको सेवा क्षेत्रलाई बढाउँदै अगाडि बढिरहेको जानकारी दिनु भयो । बचतकर्ता नै यस सहकारी संस्थाको मुख्य केन्द्र विन्दु रहेको बताउँदै बचतकर्ताले आवश्यकता परेको बेला आफ्नो वचत फिर्ता गर्न चाहेमा संस्थाको नियम अनुसार तत्काल फिर्ता गर्ने गरेको र ऋण लिन चाहेमा पनि आफ्नो बचतलाई हेरी यथा सिघ्र ऋण उपलब्ध गराइने जानकारी गराउनु भयो ।
       यस सहकारी संस्थाका सम्पूर्ण कार्यहरु सुरुदेखि नै डिजिटल सिस्टमका माध्यमबाट सञ्चालन भइरहेको स्पष्ट पार्नु भयो । यस सहकारीले कालिका–५ मा प्रभु मनिट्रान्स्फर र हिमाल रिमिट पनि सञ्चालन गर्दै आएको र निकट भविष्यमै आइ.एम.इ सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा निकाल्न मिल्ने र यहाँबाट पनि नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने जानकारी कार्यलय व्यवस्थापक तुलसी ग्लानले दिनु भयो । 
       ऋण लगानी सम्बन्धमा बचतकर्ताले ३ महिनाको लागि ऋण लिन चाहेमा १२ प्रतिशत, ६ महिनाको लागि भएमा १४ प्रतिशत, ९ महिनाको लागि १५ प्रतिशत र एक वर्षका लागि ऋण लिएमा १६ प्रतिशत व्याजदरमा ऋण लगानी गर्दै आइरहेको जानारी पनि संस्थाका सदष्यहरुले दिनु भएको थियो । 
      सहभागिहरुको जिज्ञासहरुलाई सम्बोधन गर्दै बचतकर्ताले बचत फिर्ता गर्न चाहेमा वा ऋण लिन चाहेमा संस्थाको नियम अनुसार तत्काल सेवा प्रदान गर्दै आएको र अव पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता गर्दै अन्तरक्रिय कार्यक्रम सम्पन्न गरिएको थियो ।


Share this article :