गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण

रसुवा, भोर्ले । विजया दशमी २०७६ को अवसरमा सञ्चालन गरिएको शुभकामना आदनप्रदान कार्यक्रमकको अवसर पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरियो । श्री बागेश्वरी माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विगतका वर्षहरुमा जस्तै विद्यालय पोसाक वितरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । वितरण गरिएको उक्त पोसाक श्री समिर श्रेष्ठ र उहाका अन्य साथीहरुले उपलब्ध गराउनुभएको थियो । सुनिमाया ग्लान, सिर्जना ग्लान, अस्मिता गंदान, सुरेन्द्र तामाङ र दिनीसा गुरुङलाई उक्त विद्यालय पोसाक वितरण नौकुण्ड गाउँपालिका वडा नं. ५ का अडाध्यक्ष श्री घोण्टे ग्याम्जान ज्यूको हातबाट गरिएको थियो । यि विद्यार्थीहरुलाई गयसाल विद्यालय पोसाक र स्टेसनरी सामाग्री सहयोग गर्नु भएको थियो भने अहिले विद्यालय पोसाक मात्र वितरण गरिएको छ । यो कुनै ल्न्इ, क्ष्ल्न्इ को कार्यक्र नभइ समिर श्रेष्ठ, जोहन श्रेष्ठ लगायतका साथिहरुले पोकेट खर्चलाई कम गरी गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै अउनुभएको हो । यो सहयोगलाई छानिएका विद्यार्थीहरुले कक्षा १० सम्मको अध्ययन सम्म निरन्तरता पाउने जानकारी दिनुभएको छ । कुनै समयमा स्टेसनरी सामाग्री सहयोग गर्ने र कुनै समयमा पोसाक तथा दुवै पनि सहयोग गर्ने वताउनु भएको छ । सहयोगी साथीहरुलाई विद्यालयका प्र.अ. श्री नमराज ढुङ्गाना तथा वडा अध्यक्ष ग्याम्जानले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Share this article :