Education For Parents

 अभिभाबकलाई पढ्नुस भनौं


तपाईंहरुमध्ये कतिलाई आफ्ना नानीहरुलाई गृहकार्य (होमवर्क) गराउन झन्झटिलो लाग्न सक्छ । स्कुलले धेरै होमवर्क दिने तर बच्चाले गर्न नमान्ने भयो भने त झनै दिक्क लाग्छ । यस्तो अवस्थामा बच्चालाई एकोहोरो दबाब दिइयो वा गाली गरियो भने त्यसको नकरात्मक अवसर पर्न सक्छ । बच्चाले नियमित रुपमा होमवर्क भ्याउँदैन व ागर्न मान्दैन भने किन यस्तो भइरहेको छ भन्ने बुझ्नुपर्छ । कम्तीमा पनि निम्न कुराहरुमा ध्यान पु¥याउन सक्नुभयो भने सायद तपाईंको बच्चा होमवर्कदेखि भाग्न छोड्छ की?

वातावरण ः बच्चाले पढ्ने÷होमवर्क गर्ने ठाउँ वा कोठा शान्त र पर्याप्त उज्यालो भएको हुनुपर्छ । होमवर्क गर्ने बेलामा उसलाई आवश्यक सबै सामान उपलब्ध होस् तर त्यो कोठामा सकेसम्म रेडियो वा टेलिभिजन नहोस् । स–साना भाइबहिनी वा अरु साथीहरुले डिस्टर्ब गर्ने वातावरण छ भने होमवर्क नसकेसम्मका लागि त्यो पनि कम होस् ।

तालिका ः बच्चाको होमवर्कलाई मात्र नभई समग्र पढाइलाई नै एउटा आदत बनाइदिने प्रयास गर्नुहोस् । बच्चालाई आज होमवर्क छ कि छैन भनेर हरेक दिन नसोध्नुहोस् । उसलाई बुझाइदिनुहोस कि होमवर्क भए पनि नभए पनि दिनुहुँ एउटा निश्चित समय उसले पढ्ने गर्नुपर्छ । सुत्नेबेलामा निद्रा बिथोलेर वा स्कुल हिड्ने अन्तिम मिनेटतिर पुगेर होमवर्क गर्ने बानी पनि त्यति राम्रो होइन ।

नमुना बन्नुस् ः बालबालिकाले होमवर्क गर्नु परेकोजस्तै घरका अन्य सदस्यले पनि यो काम गर्नुपरेको छ भन्ने कुरा उनीहरुलाई बुझाइदिनुस् । भान्साको काम होस् या कोठा सरसफाईको काम, ती सबै ठूला मानिसका होमवर्क हुन् भन्ने तथ्य बालबालिकालाई प्रस्ट हुनुपर्छ । बच्चाले यो नठानोस् कि यो होमवर्क भन्ने चिज किन मैले मात्रै गर्नुपर्छ? बरु पढाइको एकोहोरो तनाव हुन नदिन उसलाई पनि घरका अन्य साना साना काममा केही समय सहभागी गराउनु राम्रो हुन्छ ।

महत्व दिनुस् ः होमवर्कलाई तपाईंले उच्च महत्व दिने गर्नुभएको छ भन्ने कुरा तपाईंको बच्चालाई थाहा होस् । स्कुल र होमवर्कप्रति तपाईंले राख्ने धारणाकै आधारमा बच्चाले पनि त्यसको महत्व बुझ्न सक्ने होस् । बच्चाप्रतिको आफ्नो अपेक्षा के हो भन्ने कुरा उसलाई थाहा दिनुस् । तर आवश्यक वा क्षमताभन्दा बढीको अपेक्षा नराख्नुहोस् । जस्तैः तिमी फस्ट, सेकेन्ड हुनै पर्छ भन्ने दबाब दिइरहनु उचित होइन ।

सघाउनुस् ः स्कुलमा केके होमवर्क दिइएको रहेछ त्यो हेर्नुस् र बच्चाले सबै गर्न सक्यो कि सकेन ख्याल गरिदिनुस् । उसले जानेन वा केहि मद्दत माग्यो भने सहयोग गरिदिनुस् । सहयोगको अर्थ  तपाईंले नै गरिदिने हैन । बच्चालाई उत्तर नबताउनुस् उत्तर जान्ने तरिका मात्रै सिकाउनुस् ।

सहभागी हुनुस् ः बच्चाको शिक्षामा आफ्नो सक्रिय सहभागिता जनाउनुस् । उसको सिकाई र प्रगतिको स्तरबारे शिक्षकसँग निरन्तर सम्पर्कमा रहनुस् । होमवर्क गराउने कुरामा मात्र नभई घरको, स्कुलको, साथीको वा अन्य जुनसुकै समस्यामा पनि बच्चाको सहयोगी बन्नुहोस् ।

प्रशंसा गर्नुस् ः बच्चाले होमवर्क सकेपछि उसलाई हौस्याउनुहोस् । उसले गरेका अरु राम्रा काम र सकारात्मक प्रयासको पनि प्रशंसा गर्नुहोस् । यसो गर्नाले आत्मविश्वास बढ्छ । सँगसँगै उसलाई किताब, कापी, पेन्सिल, इरेजर, ड्रेस लगायत आफ्ना सरसामान सम्हाल्नेदेखि लिएर उसका स–साना कामहरुमा आत्मनिर्भर हुने बानी पनि बसाल्दै जानुहोस् ।
Share this article :