नेपाल बैंक लिमिटेडले ६५१ जनाको लागी विज्ञापन गरेको छ ।

रसुवा । श्री लोक सेवा आयोगको सहमति अनुसार यस बैंकको आ.व.२०७६-७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७६-०५-३० देखि Online दरखास्त फारम भर्न आह्वान गरिएको छ। बैंकले तोकेको Online फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो Scan/Attach गरी तोकिएको शुल्क तिरी मिति २०७६-०६-१९ सम्म online दरखास्त पेश गर्नुपर्नेछ । ।


पुरा विज्ञापन हेर्नको लागि यहाँ Click गर्नुहोस्:-Vacancy Details

Share this article :