पहिलो भेटमै तिमीसँग
नजरको तिर खोपें।
तिम्रै यादमा डुब्दै जाँदा मन भित्र पिर खोपें।।
दोस्रो पटक नजर जुध्यो
अल्मलिएँ फेरी कतै
कल्पीएर यादै यादमा काँडा
माथी शिर खोपें।।
बाटो विराई स्वर्गबाट
पृथ्वीमा झर्यौ क्यार
तिम्रो रुपको झल्को मेट्न
आँखा भित्र निर खोपेँ।।
नजर तानी मन भाँडी
फर्किएर गयौ फेरी
तिम्रो यादमा तड्पीने
मुटुभित्र झिर खोपेँ।।