बस दुर्घटनामा निधन हुने र घाइते यात्रुहरुमा समर्पण ..................................... जिन्दगि एक रंगमन्च रहेछ l त्यस रंगमन्चका कलाकारहरु हामी रहेछौं l माया-प्रेम, मिलन-बिछोड, सुख-दुख, हाँसो-खुसी अनि रोदन आदि-आदि सबै कुरा नाटक भित्रका कथाहरु रहेछन l मेरो मतलब जिन्दगि एउटा नाटक रहेछ l जबसम्म रंगमन्चको पर्दा खुलिरहन्छ तबसम्म दर्शकहरु आनन्द लिएर नाटक हेरिरहन्छन्- हेरिरहन्छन् पर्दा बन्द नहुन्जेलसम्म l पर्दा बन्द हुन्छ l दर्शकहरु छटपटीन्छन् कथा चाडै सकिएकोमा अनि दुखि हुन्छन कलाकार गुमाउनु परेकोमा l जब तितरबितर हुन्छन दर्शकहरु, आफ्नो गन्तव्यतिर लाग्छन तब रंगमन्च सुनसान हुन्छ, हल खालि-खालि हुन्छ l त्यसपछी कलाकारहरु एक्लो बिलकुल एक्लो हुन्छन l हिमालको हिउँ पग्ले झैँ पग्लेर बिलिन हुन्छन कहिल्यै नभेट्ने गरि कहिल्यै नफर्कने गरि l पृथ्वीमा जन्मिएका हरेक सजीव प्राणीहरुको जिन्दगि एक नाटक रहेछ l नाटकको पर्दा बन्द भएसंगै जिन्दगीको पनि अन्त्य हुँदोरहेछ l नाटक भित्रका विविध कथाका कालखण्डहरुको एक खण्ड २०७२ साल रहेछ l २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले एउटा पीडादायक नाटक प्रस्तुत गर्यो l त्यो नाटकलाई रसुवा बासीले हेरिरहे-हेरिरहे एक निराहा प्राणी बनेर l नाटकमा गुमेका हजारौं कलाकारहरुको छटपटी, चित्कार सहन नसकेर छटपटाइरहेका दर्शकहरुले पिडा युक्त भावमा एक अर्कालाई हेरेर समुन्द्रको भेल झैँ आँखाबाट आँसुका धाराहरु खसाल्दै समयहरु बिताउदै थिए l वितिरहेको थियो समय जिन्दगीको अकल्पनीय कथाहरुमा आ-आफ्नो भूमिका निभाउदै l खोजिरहेका थिए दर्शकहरु पुरानो कथालाई बिर्सने अर्को नयाँ कथाहरु l खोजिरहेका थिए खाटो पुर्ने ओखती, चर्केको छाती सितल पार्ने मलम तर ......... तर रंगमंचको पर्दा बन्द हुन नपाउंदै अर्को पीडादायक कथाले भरिएको विभत्स नाटक, बन्द हुन लागेको पर्दा च्यात्दै रसुवाको रंगमंचमा प्रदर्सन हुन पुग्यो l बैशाख १२ गतेको पिडा कम हुन नपाउदै पुनः २०७२ साल कार्तिक १७ गते रसुवा बासीको रंगमंचमा भित्रिएको छ अर्को दर्दनाक पिडा l दर्शकहरुले गुमाएकाछन् आफ्ना प्यारा कलाकारहरु, मुटुका टुक्राहरू, बुढेसकालका साहाराहरु, नाटक भित्रका सहकर्मी साथीहरु, संगै जिउने संगै बांच्चे कसम खाएर आफ्नो सानो झुपटीमा भित्रिएका जिबन संगी अनि भित्राएका संगीनिहरु l कथाको पर्दा खुल्छ "रहेछ काठमाण्डौ सहर l त्यस सहरबाट रसुवाको चिलिमेको लागि एउटा यात्रु बस (ना ३ ख ५७०५) छुट्छ l बसभित्र हुन्छन विविध आशा बोकेर आफ्नो गन्तव्यतिर बसको गतिसंगै हुईकिरहेका यात्रुहरु l यात्राका बिचबिचमा कुनै यात्रुहरु बसबाट ओर्लन्छन अनि क्षणभरमै हराउछन् l कतै नयाँ यात्रुहरु नयाँ आशा र गन्तव्यका लागि बस समात्छन l बस उही रफ्तारमा चलिरहन्छ अर्को स्टेसन नआएसम्म l बस रसुवाको कालिकास्थान हुदै घुम्तिबजार आइपुग्छ l त्यहाँ यात्रुहरु ओर्लने र तछाडमछाड गरि चड्दै गरेको दृश्य दर्शकहरुले रमैलोमानेर हेरिरहेका हुन्छन् l पुनः बस घुरघुर गर्दै पहिलेकै गतिमा सयौं यात्रीहरु आफ्नो पेटभित्र र पिठीउमा बोकेर चार पाउ टेकी आफ्नो गन्तव्य स्थान चिलिमेतिर लम्किन्छ l त्यसरी यात्रुहरु बोकेर गएको बस गन्तव्य पुग्न नपाउदै राम्चे गा. वि. स. को ग्राङ्मा आफ्नो नियन्त्रण गुमाउन पुग्छ l बसले आफ्नो बाटो भुलेर भीरको बाटो पछाउँछ र बल जस्तै गुल्डीदै २/३ सय मिटर तल खस्न पुग्छ l त्यहाँ यात्रारत यात्रुहरु आतंकित हुन्छन, चिच्चाउछ्न, रुन्छन कराउछन, भगवान पुकार्छन् तर कोहि हुदैन त्यहा बचाउने, हात थामिदिने l भगवान पनि निस्ठुरी हुन्छन l एकै छिनमा छेद्बिछेद मृत शरीरका साथै घाइतेहरुको दर्दनाक पीडाको वियोगान्त कथाकासाथ नाटकले बिड मार्ने तरखर गर्छ l दर्शकहरु छट्पटीदै आँशुका भेलहरुमा डुब्दै हेरिरहनेछन् भोगिरहनेछन् पीडाको पर्दा बन्द नभएसम्म, हो पर्दा बन्द नभएसम्म l" उत्तम बहादुर तामाङ श्री नारायण मा.बि. लाङ्बु, रसुवा
Share this article :