महिला हिँसा विरुद्दमा,
उठ अब आमाहरु।
तराईका दिदीबहिनी,
हिमालका नानाहरु'॥
मागेर पाईँदैन अधिकार,
खोसेर लिन उठ।
परिआए भत्काइदेउ, कानुनका ति छानाहरु॥
लेख् लेख आवाज उठाऊ,
तिम्रोमेरो बस्तिबस्ती।
विश्वोभरी छरिदेऊ,
चेतानाका पानाहरु॥
तरवारभन्दा बलियाछन्,
कलमका निभहरु।
उठाउ कलम लेख गजल,
बुनेर ति वानाहरु॥
सन्सारलाई वदल्नु छ,
सुरुगरौँ आफैँबाट।
हिँसा भए तिम्रै घरमा,
भत्काइदेउ ति खामाहरु॥॥