बागेश्वरीमा शुभकामना कार्यक्रम


रसुवा, भोर्ले । नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा बागेश्वरी माध्यमिक विद्यालय नौकुण्ड गाउँपालिका ५ भोर्लेमा विविध साँस्कृतिक कार्यक्रमका साथ शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी भाइ वहिनीहरुले दशैं सम्बन्धि गित गाउँनुका साथै नृत्य तथा गितकै माध्यमबाट शुभकामनाका सन्देशहरु व्यक्त गरेका थिए । नौकुण्ड गाउँपालीका वडा नं. ५ का वडा अध्यक्ष सहभागी उक्त कार्यक्रममा अभिभावकको वाग्लो उपस्थिति रहेको थियो । शुभकामना आदनप्रदानको क्रममा वडा अध्यक्ष श्री घोण्टे ग्याम्जान र विद्यालयका प्र.अ. नमराज ढुङगानाले उपस्थित सम्पूर्णमा सुख, शान्ती र सम्वृद्धिको कामना व्यक्त गर्नु भएको थियो ।

Share this article :