कर्मठ योध्दा काँधमा रैफल बोक्नलाई तयार छु



कर्मठ योध्दा काँधमा रैफल बोक्नलाई तयार छु
युध्दको मोर्चा,  दुस्मनको लस्कर, रोक्नलाई तयार छु

एक थोपा रगत एक मुठी स्वास रहुन्जेल शरीरमा
राइफलको गोलि दुस्मनको छाती ठोक्नालाई तयार छु

सेनाको जागिर युध्दको मैदान पर्यटमा छु आमा
मैदानबाटै हजुरको पाउमा ढोक्नलाई तयार छु

मातृभूमिको कसम खान्छु डर छैन मर्नलाई
दरोछ मुटु दुस्मनको आँधी छोप्नलाई तयार छु

मैदानबाट भाग्दिन आमा बर्साउँछु खुकुरि
बिरताको चिनो इतिहाँसमा कोप्नलाई तयार छु

Share this article :